१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

१० महिनामा ८ हजार ६०५ ईभी नेपाल भित्रिए



काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्तसम्म नेपालमा ८ हजार ६०५ विद्युतीय कार, जिप र भ्यान भित्रिएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ ।

वैशाखसम्म ५० किलोवाटका २ हजार ८ सय ४८ युनिट , ५१ देखि १०० किलोवाटका ५ हजार २५ युनिट, १०१ देखि २०० किलोवाटसम्मको ७ यस २३ युनिट र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ९ युनिट ईभी आयात भएका छन् ।

५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । नेपाल भित्रिएका ईभीमध्ये सबैभन्दा धेरै चीन र त्यसपछि भारतबाट भित्रिएका छन् । विभिन्न मुलुकबाट देशमा २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपियाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो ।

  :