१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

झापाको बिर्तामोडमा पनि एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा




काठमाडौं । इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर नेपालले झापाको बिर्तामोडमा झापाको बिर्तामोडमा आफ्नो नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । यो सेन्टर भुर्तेल इनर्जीको डिलर व्यवस्थापन अन्तर्गत रहेको छ ।

यो देशभर आधुनिक, स्मार्ट, उच्च प्रदर्शनयुक्त तथा दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्याउने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि रहेको कम्पनीले प्रष्ट पारेको छ । बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा आएसँगै एथर नेपालका देशभर ११ वटा एक्सपेरियन्स सेन्टर पुगेका छन् । हाल काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा समेत एथरको उपस्थिति विस्तार भएको हो । साथै देशभर १० वटा सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन् ।

एथरले दुईपांग्रे ईभी सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको वारेन्टीसमेत प्रदान गर्दै आएको छ । ग्राहकहरूले देशभर विस्तार भइरहेको ४० भन्दा बढी एथर चार्जिङ स्टेशनमार्फत प्रमुख सहर तथा राजमार्गहरूमा सहज र भरपर्दो चार्जिङ सुविधा पाउनेछन् ।

  :