काठमाडौं । सरकारको नयाँ बजेटमार्फत भन्सार र कर संरचनामा गरिएको संशोधनपछि सीजी मोटोकर्पले सुजुकीको ई–भिटाराको मूल्य घटाएको छ ।
अब सुजुकी ई–भिटाराका सबै भेरिएन्टमा १ लाख रुपैयाँसम्म मूल्य घटाइएको छ । यसअघि ४९ लाख ९९ हजार रुपैयाँ पर्ने ई–भिटारा डेल्टा भेरिएन्ट अब ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, ई–भिटारा जेटाको मूल्य ५२ लाख ९९ हजार, अल्फाको ५८ लाख ९९ हजार र अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ ।
सीजी मोटोकर्पले ई–भिटारालाई गत चैतमा पोखरामा सम्पन्न नाडा अटो शोमार्फत औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको थियो । सार्वजनिक भएसँगै चार फरक भेरिएन्टमा कम्पनीले गाडी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सुरुवाती १०० ग्राहकलाई यही घटाइएको मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ ।









प्रतिक्रिया