काठमाडौं । रोयल इनफिल्डले केही महिना अगाडि भारतीय बजारमा सार्वजनिक गरेको आफ्नो पहिलो विद्युतीय मोटरसाइकल फ्लाइङ फ्लिया सी ६ को भारतमा डेलिभरी सुरू गरेको छ । भारतको बेंगलुरुबाट रोयल इनफिल्डले औपचारिक रूपमा डेलिभरी शुरु गरेको हो ।
कम्पनीले चरणबद्ध रूपमा बजार विस्तार गर्ने योजना अनुसार पहिलो चरणमा बेङ्गलुरुलाई छनोट गरेको स्पष्ट पारेको छ ।
रोयल इनफिल्डले भारतमै निर्माण गरेको सी ६ स्ट्रोम ब्ल्याक र फ्लिया ग्रीन गरी दुई कलर अप्सनमा उपलब्ध छ । भारतीय बजारमा फ्लाइङ फ्लिया सी ६ को प्रारम्भिक मूल्य २ लाख ७९ हजार भारु तोकिएको छ । साथै, ग्राहकहरूले यसमा बास सिस्टम पनि रोज्न सक्ने छन् । बास अन्तर्गत मोटरसाइकलको मूल्य १ लाख ९९ हजार भारु रहेको छ ।
यो मोटरसाइकलमा १५.४ किलोवाटको मोटर छ । यसले ६० एनएम टर्क जेनेरेट गर्छ भने ३.९१ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसमा प्रयोग गरिएको ब्याट्रीले फुल चार्जमा १५४ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।









प्रतिक्रिया