१० असार २०८३, बुधबार | Wed Jun 24 2026

११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख बराबरका झण्डै ११ हजार ईभी भित्रिए



काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन् ।


भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । नेपाल भित्रिने ईभी मध्ये अधिकांश चीन र भारतबाट भित्रिने गरेका छन् ।

उक्त अवधिमा पाँच अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् । जेठ महिनामा नेपालमा २ हजार २४० इलेक्ट्रिक कार अर्थात ईभी भित्रिएका छन् ।

  :