काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ईमास ५ को बुकिङ खुला गरेको छ ।
प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको ईमास ५ अहिले बुकिङ लिने ग्राहकले विशेष मुल्यमा ईमास५ खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विशेष रूपमा रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ ।
यी विशेषताहरूले गर्दा व्यस्त सहरी सडक, राजमार्गदेखि नेपालको पहाडी बाटो ओरालो–उकालोमा समेत सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको विश्वास छ । यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई समान प्राथमिकता दिएको छ ।









प्रतिक्रिया