काठमाडौं । बीवाईडीको सुदूरपश्चिम प्रदेशको धनगढीस्थित आधिकारिक बिक्रेता मोटोकर्पले धनगढी उपमहानगरपालिका वडा नं ३ बोराडाँडीमा अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै अब सुदूरपश्चिमका ग्राहकले विद्युतीय सवारीको खरिददेखि बिक्रीपछिको सेवासम्मका सम्पूर्ण सुविधाहरू स्थानीयस्तरमै सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । शोरुम तथा सर्भिस सेन्टरको बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्कका सेल्स एण्ड बिजिनेस हेड आशुतोष गौतमले एक विशेष समारोहबीच उद्घाटन गर्दै गुणस्तरीय सेवा विस्तारका लागि देशका विभिन्न क्षेत्रमा आधुनिक शोरुम तथा सर्भिस सेन्टर स्थापना गरिँदै आएको उल्लेख गरे । उनले धनगढीको नयाँ केन्द्रले सुदूरपश्चिमका ग्राहकलाई अझ छिटो, भरपर्दो र सहज सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
त्यस्तै, मोटोकर्पका सञ्चालक पुष्कर ओझाले नयाँ शोरुम तथा सर्भिस सेन्टरको सञ्चालनले धनगढीसहित समग्र सुदूरपश्चिमका ‘ग्राहकलाई प्राविधिक सेवा र मर्मतका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले अत्याधुनिक पूर्वाधारसहित यो केन्द्र सञ्चालनमा ल्याएको बताए ।









प्रतिक्रिया