९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर नेपाली बजारमा



काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर बिक्री सुरू गरेको हो ।


कम्पनीले अर्बिटरको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकेको छ । अर्बिटर नेपालमा टीभीएसको दोस्रो इलेक्ट्रिक मोडल हो । यसअघि जगदम्बा मोटर्सले आइक्युब इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको थियो ।


यसमा ३.१ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसले एक सिंगल चार्जमा १५८ किलोमिटरसम्मको आइडीसी रेन्ज प्रदान गर्छ ।
स्कुटरमा २।५ पिक किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ । यसको टप स्पीड क्षमता ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

  :