काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले मनसुन एक्सचेन्ज अफर शुरु गरेको छ । यो अफर यही साउन १५ गतेसम्म नेपालभरका याडिया शोरुमहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
मनसुनको समयमा ग्राहकलाई थप सुविधा र मूल्य प्रदान गर्दै, जुनसुकै ब्रान्डको दुईपाङ्ग्रे सवारीलाई आधुनिक इलेक्ट्रीक स्कुटरमा सहज रूपमा अपग्रेड गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार यस एक्सचेन्ज अफरमा ग्राहकले याडियाका स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै, आफ्नो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप एक्सचेन्ज भ्यालुएसन प्राप्त गर्न सक्नेछन्। यसका अलवा ग्राहकले रेनकोट र हेल्मेट पनि पाउने पनि कम्पनीले जनाएको छ ।
ग्राहकलाई खरिद प्रक्रिया थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा इजी फाइनान्स सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
सन् २००१ मा स्थापना भएको याडिया विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे निर्माता कम्पनी हो। विश्वभर १०० करोडभन्दा बढी प्रयोगकर्ता रहेको याडियाले १५० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो सेवा विस्तार गरिसकेको छ।









प्रतिक्रिया