२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

टाटा मोेटर्सको ईभी बिक्रीमा नयाँ रेकर्ड



काठमाडौं । टाटा मोटर्स इण्डियाले सन् २०२६ को जुलाईमा कुल ६३ हजार ७६० युनिट प्यासेन्जर कार बिक्री गरेको छ भने ईभीको बिक्रीमा नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।


गत वर्ष सोही अवधिको तुलनामा अहिले ५८.७१ प्रतिशत धेरै भएको कम्पनीले जनाएको छ । गत बर्ष सन् २०२५ जुलाईमा कम्पनीले ४० हजार १७५ युनिट कार बिक्री गरेको थियो । यस वर्ष सोही अवधिमा २३ हजार ५८५ युनिट धेरै बेच्न सफल भएको हो ।

टाटाले जुलाई भारतमा मात्रै ६२ हजार ६११ युनिट कार बिक्री गरेको छ । यो गत वर्षको तुलनामा ५८.४२ प्रतिशत धेरै हो । गत वर्ष जुलाई ३९ हजाार ५२१ युनिट कार बिक्री गरेको थियो ।


टाटाले जुलाईमा ईभी बिक्रीमा समेत नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीले जुलाईमा १५ हजार २७१ युनिट ईभी बेचेको छ । टाटाले पहिलो पटक ईभी बिक्रीमा मासिक १५ हजार युनिटको आँकडा पार गरेको हो ।

  :