२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

नेपाल भित्रियो लीपमोटरको नयाँ एसयूभी ‘बी ०३ एक्स’, छिट्टै सार्वजनिक गरिने



काठमाडौं । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ नेपाल भित्र्याएको छ ।


चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको एसयूभी नेपालमा बी ०३ नाममा आएको हो । कम्पनीले उक्त नयाँ एसयूभी साउन २२ गते शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । यस एसयूभीको सार्वजनिक गरिने समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिने पनि कम्पनीले जनाएको छ । यसको मूल्य भने घोषणा गरिएको छैन । तर, ३५ लाखदेखि ४५ लाख रुपैयाँ बीचमा आउने अनुमान गरिएको छ ।

यसमा १४५ किलोवाटको इलेक्ट्रीक मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा रहेको ब्याट्रीले एकपटकको फुलचार्जमा ५०५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

  :