७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

लीपमोटरको नयाँ विद्युतीय एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक




काठमाडौं । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक गरेको छ । चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको एसयूभी नेपालमा बी ०३ नाममा आएको हो ।

प्रिमियम डिजाइन र उच्च प्रविधिका साथ आएको यस गाडीमा १४५ किलोवाट क्षमताको शक्तिशाली मोटर र ५३ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ । एक पटकको फुल चार्जमा यसले ५०५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

नेपालको भौगोलिक अवस्था र सडक अनुकूल हुने गरी यसमा १९० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ । गाडीको भित्री भागमा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, १२ वटा स्पिकर र ६४ रङको एम्बियन्ट लाइटिङ जस्ता अत्याधुनिक सुविधाहरू छन् ।

सुरक्षाका दृष्टिकोणले यस एसयूभीमा ६ वटा एयरब्याग, लेभल २ एडास प्रविधि, ३६० डिग्री क्यामेरा र ट्रान्सपेरेन्ट च्यासिस उपलब्ध गराइएको छ ।

नेपाली बजारका लागि लिपमोटर बी ०३ याक्स प्रो म्याक्सको आधिकारिक मूल्य ४५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, तर कम्पनीले सुरुवाती १०० जना ग्राहकका लागि ४४ लाख ९९ हजार रुपैयाँको विशेष छुट मूल्य दिने भएको छ । पाँच फरक आकर्षक रङहरूमा उपलब्ध यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको विश्वास छ ।

  :