काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नवीकरणीय प्राइम रिन्युएबल्स प्रालि बीचको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिक क्षमताको रूफटप सोलार पीभी प्लाण्ट सञ्चालनमा ल्याइएको छ।
उक्त प्लाण्टको सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ र प्राइम रिन्युएबल्स प्रालिका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरे ।
आफूहरू विद्युतीय सवारीसाधनको बिक्री वितरणमा मात्र सीमित नभई तिनको सम्पूर्ण प्रयोग र सर्भिसिङ प्रक्रियालाई नै वातावरणीय रूपमा स्वच्छ र दिगो बनाउन प्रतिबद्ध रहेको सिप्रदीका सीईओ श्रेष्ठले बताए ।
प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले ईभी मोबिलिटीलाई ऊर्जा प्रदान गर्ने स्रोत पनि सवारीसाधन जत्तिकै स्वच्छ हुँदा मात्र वास्तविक दिगोपन हासिल गर्न सकिने बताए ।
सम्झौता भएको ३ महिनाको छोटो अवधिमै निर्माण सम्पन्न भई सञ्चालनमा आएको यस प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधि प्रयोग गरिएको छ। जसले वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन गर्दै कार्बन उत्सर्जन घटाउन ठूलो योगदान पुर्याउनेछ।







प्रतिक्रिया