काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले ग्राहकहरुलाई बिक्रीपछिको सेवा, स्मार्ट भेइकल कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई थप सहज बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।
यो अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ ।
साइमेक्स केयर (बीवाईडी सर्भिस सेन्टर, गुहेश्वरी) मा सोमबार आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो । अभियान नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको हो । नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
अभियानअन्तर्गत सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा उपलब्ध नभएका योग्य सवारीसाधनमा बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन निःशुल्क उपलब्ध गराइनेछ । त्यस्ता ग्राहकले ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत पाउनेछन् ।
कम्पनीले अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा मुख्य पक्षमा विभाजन गरेको छ । ‘केयर प्लस’ले बीवाईडीको आधिकारिक सर्भिस सिस्टममार्फत ग्राहकलाई बिक्रीपछिको उच्चस्तरीय सेवा उपलब्ध गराउनेछ। यसअन्तर्गत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा सर्टिफाइड बीवाईडी टेक्निसियनबाट सर्भिस उपलब्ध हुनेछ।
‘कनेक्ट प्लस’ अन्तर्गत ग्राहकलाई सवारीसँग सम्बन्धित थप डिजिटल सुविधा लिन सहज बनाइनेछ। यसमा सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी समावेश छन्। यी सेवाका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ।
‘प्रोटेक्ट प्लस’ अन्तर्गत ग्राहकलाई बीमा सम्बन्धी परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ। यसमा १० वर्षसम्मको विस्तारित वारेन्टीसम्बन्धी सुविधा पनि समावेश छ।
त्यस्तै, दुर्घटना भएको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरण गरिनेछ। यसका लागि बीवाईडी नेपालका बीमा साझेदार शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स (एचईआई) ले सहयोग गर्नेछन्।
अभियानअन्तर्गत योग्य बीवाईडी ग्राहकले विभिन्न विशेष सुविधा प्राप्त गर्नेछन्। जसमा ब्याट्री कभरमा १० प्रतिशत छुट, स्पेयर टायरमा १० प्रतिशत छुट तथा डेन्ट एन्ड पेन्ट सेवामा १० प्रतिशत छुट रहेका छन्।
यसका साथै ग्राहकले एकपटक निःशुल्क होम चार्जर चेक(अप सुविधा प्राप्त गर्नेछन्। यसअघि बीवाईडी एप कनेक्टिभिटी सुविधा नपाएका योग्य विद्यमान ग्राहकले इन्फोटेनमेन्ट सुविधासहित ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डाटा समेत प्राप्त गर्नेछन्।







प्रतिक्रिया