७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

भुकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरु



काठमाडों । नेपाल अटोमोबाइल इमपोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनद्वारा आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ शुरु भएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेको एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा दुईपांग्रे, चारपांग्रे र व्यवसायिक नयाँ सवारीसाधनहरू सार्वजनिक गरिएका छन्। गत वर्षको तुलनामा यस वर्षको एक्सपो अझ भव्य र प्रविधिमैत्री बन्ने आयोजकले विश्वास लिएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक एक्सपोमा गरिने विभिन्न कार्यक्रमहरूले सवारी उद्योग, नियामक निकाय र सुरक्षा निकायबीच अन्तरसंवाद बढाउने अवसरहरू प्रदान गर्ने बताए ।

नाइमा अध्यक्ष रीतुसिंह वैद्यले सबैलाई एक्सपोको दोस्रो संस्करणमा स्वागत गर्दै नेपालको मोबिलिटी क्षेत्रलाई अगाडि बढाउने उद्देश्यका साथ आयोजित एक्सपो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उनले सवारी साधनलाई सरकारले अत्यावश्यक साधनको रूपमा बुझ्न नसकेको बताए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटो मोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताए ।

  :