७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

ओमोडा एण्ड जेको ईभी खरिद गर्दा साँढे २ लाखसम्म छूट, चीन भ्रमणको अवसर



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोको अवसरमा ओमोडा एण्ड जेको ब्राण्डका ईभी खरिद गर्दा साढे २ लाख रुपैयाँसम्मछुट पाइने भएको छ ।

नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले उक्त छूट अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले ओमोडा जेकोका ५ भेरियन्ट खरिद गर्दा १ देखि २ लाख ६० हजार रुपैयाँसम्म छुट पाउने भएका हुन् ।

कम्पनीले सबैभन्दा धेरै जेको जे फाइभ प्रोमा २ लाख ६० हजार रुपैयाँ छुट दिएको छ । यसअघि ५१ लाख ५९ हजारमा बिक्री हुँदे आएको जे फाइभ प्रो ४८ लाख ९९ हजारमै पाइने छ ।

त्यस्तै, जे फाइभको लङ रेन्ज र ओमोडा ई फाइ प्रो म्याक्समा २ लाख छुट पाइने छ । यसअघि ५६ लाख ९९ हजार रहेको दुवै एसयूभी अब ५४ लाख ९९ हजारमा पाइने छ ।

ओमोडा ई फाइभ प्रोमा १ लाख ६० हजार छुट पाइने छ । यसअघि ५१ लाख ५९ हजार रहेको यो एसयूभी अब ४९ लाख ९९ हजारमै किन्न पाइने छ ।

कम्पनीले जेको जे सिक्स टीमा १ लाख छुट दिएको छ । यसअघि ६९ लाख ९९ हजार रुपैयाँ रहेको यो गाडी ६८ लाख ९९ हजारमा पाइने छ । सबै गाडी खरिदमा ग्राहकले १ वर्षको इन्स्योरेन्स र सडक कर निःशुल्क पाउने छन् । साथै, कम्पनीले सबै एसयूभीमा ११ वर्षको वारेन्टी दिएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा मा सवारी खरिद गर्ने ग्राहक मध्येबाट भाग्यशाली दुई जनाले चीन भ्रमणको अवसर पाउने कम्पनीले जनाएको छ ।

  :