७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

१८ औं नाडा अटो शो २०२६ को तयारी अन्तिम चरणमा



काठमाडौँ– यही भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

उक्त प्रदर्शनीका लागि हाल स्टल निर्माणको काम तीव्र गतिमा भईरहेको छ । नाडाको ५०औँ स्थापना वर्षको अवसरमा यसपटकको प्रदर्शनीलाई ‘स्वर्ण जयन्ती संस्करणका रूपमा प्रदर्शनी आयोजना गरिदैंछ ।

झण्डै तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू रहनेछन् । प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपाङ्ग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारी ब्राण्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यसैगरी, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणहरू प्रदर्शन गरिनेछ भने बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको पनि उपस्थिति रहनेछ ।

  :