काठमाडौं । नेपालका लागि दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले अल–न्यु दिपल निभो क्यू ०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु काइकियान (केभिन) लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
कम्पनीका अनुसार नाडा अटो शो अवधिभर क्यू ०५ को म्याक्स भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टलाई ४९ लाख ९९ हजार रुपैयाँ तोकिएके छ । अटो शोपछि म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम हुने पनि कम्पनीले जनाएको छ ।
कम्पनीले दिपल नेभो क्यू ०५ सार्वजनिक कार्यक्रममा ‘एम्बासडर्स अफ दिपल’ घोषणा गरेको पनि गरेको छ । कम्पनीले ब्राण्ड एम्बासडर पारस खड्कासहित अनुपविक्रम शाही, प्रदीप खड्का, श्वेता खड्का, आना शर्मा, जसिता गुरुङ, स्वप्न सुमन, ज्योत्सना योगी र मिरुना मगरलाई एम्बासडर्स अफ दिपलमा समेटेको छ ।







प्रतिक्रिया