४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग



काठमाडौं । एमएडब्लु ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले हालै रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत जिल्लामा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त रकम सहयोग गरेको हो ।

बाढीका कारण विभिन्न जिल्लामा घर तथा जीविकोपार्जनका साधनमा क्षति पुगेको र कतिपय नागरिकले ज्यानसमेत गुमाएको अवस्थामा तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्‍याउन कोषमा रकम जम्मा गरिएको ग्रुपले जनाएको छ।

ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले विपद्का समयमा राष्ट्र र नागरिकको साथमा उभिनु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताए। प्रभावित परिवारले भोग्नुपरेको क्षति ठूलो रहेकाले आर्थिक सहयोगले त्यसको पूर्ति गर्न नसके पनि राहत तथा पुनःस्थापनाका प्रयासमा केही सहयोग पुग्ने अग्रवालले बताए ।

  :