काठमाडौं । नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रीता एसपीजी अटोमोबाइल्सले जे फाइभको दुई भेरियन्ट नेपाली बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार जे फाइभको नयाँ प्रो भेरियन्ट नेपालका बिक्री सुरू गरेको हो । कम्पनीले नयाँ प्रो भेरियन्टको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
जे फाइभको रेगुलर भेरियन्टको मूल्य भने ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले नयाँ भेरियन्ट सानो ५०.७ किलोवाटको ब्याट्रीमा ल्याएसँगै मूल्य ७ लाख सस्तो भएको हो । यसको रेगुलर भेरियन्टमा ५८.९ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।
सानो ब्याट्रीले एकपटकको फुलचार्जमा ४०५ किमी र ठूलो ब्याट्रीले ४६१ किमी एनआइडीसी रेन्ज दिने कम्पनीको दाबी छ । प्रो भेरियन्टमा ब्याट्री बाहेक अरु सबै फिचर रेगुलर भेरियन्टकै जस्तै समान छन् । दुवै भेरियन्टमा प्यानोरामिक मुनरुफ, स्पेयर टायर तथा लेभल २ एडास उपलब्ध छन् ।







प्रतिक्रिया