काठाडौं । ओमोडा र जेइकोका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको र गाडी बुकिङ गरेका ग्राहकहरूले अब छिट्टै गाडी प्राप्त गर्ने पनि नेपालका लागि ओमोडा र जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवागढी नाकातर्फको सडक मार्गमा उत्पन्न अवरोधका कारण ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको हो ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ तथा नाडा अटो शो २०२६ मा ओमोडा र जेइकोका गाडीप्रति देखिएको ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू छिट्टै ग्राहकलाई डेलिभरी गरिने कम्पनीले जनाएको छ । ओमोडा र जेइकोको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन रहेको छ ।







प्रतिक्रिया