४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

हुन्डाई नेपालको ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ विशेष अफर



काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत ग्राहकहरूले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत ५ लाखसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, हुन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको निःशुल्क सडक दस्तुर पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको हुन्डाई स्वामित्व अनुभव प्रदान गर्दछ।

यस दशैं–तिहार तथा छठको अवसरमा, हुन्डाई नेपालले सबै ग्राहकहरूलाई नजिकैको हुन्डाई शोरुममा पुगेर ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ का आकर्षक अफर तथा सुविधाहरूको लाभ उठाउन कम्पनीले हार्दिक निमन्त्रणा समेत गरेको छ।

  :