२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपाली बजारमा यामाहाको एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरियन्ट



काठमाडौं । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले यामाहाले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा असोज ५ गतेदेखि जारी ‘यामाहा ब्लु फेस्ट’मा कम्पनीले नयाँ कलर सार्वजनिक गरेको हो । नेपालकै सबैभन्दा ठूलो एक्सचेञ्ज मेला असोज १० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नयाँ ब्लु कलरको एक्सएसआर १५५ को मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । नाडा अटो शोमा सार्वजनिक भएपछि ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राख्दै थप कलर विकल्पका रूपमा नयाँ भेरियन्ट ल्याइएको पनि कम्पनीले स्पष्ट पारेको छ ।
नाडा अटो शोमा एक्सएसआर १५५ ले ६ दिनमै ४२८ युनिट बुकिङ प्राप्त गरेको थियो ।

एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नाडा अटो शोमा एक्सएसआर १५५ ले उत्साहजनक प्रतिक्रिया पाएको बताउँदै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नयाँ ब्लु कलर सार्वजनिक गरिएको स्पष्ट पारे ।

  :