काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका विद्युतीय ट्रयाक्टर र डम्प ट्रक नेपाल भित्र्याउने तयारी गरेको छ ।
कम्पनीले स्याक्म्यानको एक्स–५०००ई ६×४ विद्युतीय ट्रयाक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा ल्याउन लागेको हो । कम्पनीले यी दुई मोडलमार्फत नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको छ ।
जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा अन्य भारी सामान ओसारपसार हुने क्षेत्रमा विद्युतीय सवारीको विकल्प उपलब्ध गराउन लागेको हो ।
एक्स–५०००ई विद्युतीय ट्रयाक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयार गरिएको हो । त्यस्तै, एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि डिजाइन गरिएको छ । दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको छ ।
दुवै मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा रहेको छ । सवारीमा स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको छ । जसले विभिन्न कार्य वातावरणमा प्रभावकारी र भरपर्दो संचालनमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया