७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

एनपीएलका सर्वोत्कृष्ट खेलाडी चितवन राइनोजका ढकालले पाए जेइको जे५प्रो कार



काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।


प्रतियोगितामा १७ विकेट लिएका ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधिसहित जेइको जे ५ प्रो कार पुरस्कार प्राप्त गरेका छन् । उनले प्रतियोगिताको उत्कृष्ट बलरको उपाधिसमेत जित्दै बजाज पल्सर मोटरसाइकल समेत प्राप्त गरे।

त्यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । उनले तीन अर्धशतकसहित २१८ रन बनाउनाका साथै छ विकेट लिएका थिए । यस उपाधिसँगै उनले रु पाँच लाख नगद पुरस्कार प्राप्त गरे ।

  :