६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

तीन महिनामा दुई पटक बढ्यो जीप कम्पासको मूल्य, यस्तो छ नेपालमा उपलब्ध ९ भेरियन्टको मूल्य



काठमाडौँ – जीपले भारतमा आफ्नो लोकप्रिय एसयुभी कम्पासमा मूल्य बृद्धि गरेको छ ।

अप्रिल महिनामा २५ हजार भारु बृद्धि गरेको कम्पनीले यो महिना फेरी ३५ हजार भारुसम्मले मूल्य बृद्धि गरेको हो । तीन महिनामै दुई पटकसम्म मूल्य बढाएको जीपले स्पोर्ट २.० डिजेल भर्सनमा भने पुरानै मूल्यलाई कामय गरेको छ । यो चर्चित एसयुभीको मूल्य अव भारतीय बजारमा १८ लाख ३९ हजारदेखी ३१ लाख ३२ हजार भारुसम्म पुगेको छ ।

सन् २०१७ मा पहिलोपटक भारतीय बजारमा लन्च गरिएको यो एसयुभी १.४ लिटर पेट्रोल र २.० लिटर डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ । यसै वर्षको सुरुवाती समयमा जीपले नाइट इगल भेरियन्ट लन्च गरेको थियो ।

नेपाली बजारमा यो एसयुभी कुल ९ वटा भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये ४ वटा पेट्रोल र वाँकी ५ वटा मोडल डिजेल भेरियन्टमा उपलब्ध छन् । यो एसयुभीको मूल्य नेपाली बजारमा स्पोर्ट एमटी पेट्रोलको ८७ लाख ९० हजार, लंगिच्यूड अटोमेटिक पेट्रोलको १ करोड ३ लाख ९० हजार, लिमिटेड अटोमेटिक पेट्रोलको १ करोड १५ लाख ९० हजार र मोडल एस अटोमेटिक पेट्रोलको १ करोड २२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी डिजेल इन्जिमा लंगिच्यूड एमटीको १ करोड ३ लाख ९० हजार, लिमिटेड एमटीको १ करोड १३ लाख ९० हजार, लिमिटेड अटोमेटिक फोर ह्विल ड्राइभको १ करोड २९ लाख ९० हजार, मोडल एस एमटीको १ करोड २२ लाख ९० हजार र मोड एस अटोमेटिक फोर ह्विल ड्राइभको १ करोड ३९ लाख ९० हजार रुपैयाँ पर्छ ।

यो एसयुभीलाई नेपालमा एमएडब्लु ग्रुप अन्तर्गतको लाइफ अटोमोवाइल्सले बिक्री गर्दै आइरहेको छ । नेपाल भित्रिएको छोटो समय अवधिमै लोकप्रिय वन्न सफल यो एसयुभीले प्रिमियम एसयुभी पारखीलाई आकर्षित गर्दै आइरहेको छ ।

  :