१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

होेन्डा साइन किन्दा मुसलमानले जिते दश लाख




काठमाडौं– होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर अन्तर्गत कपिलवस्तुका इरफान अहमद मुसलमानले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

मुसलमानले भैरहवास्थित होन्डा शोरुम सिद्धि बिनायक अटो इन्टरनेसनलबाट सिबी साइन डिएसएस मोटरसाइकल खरिद गर्दा उक्त पुरस्कार जितेका हुन् ।

होन्डा नेपालले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत भाग्यशाली ग्राहकलाई १० लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत हालसम्म ६ जना भाग्यशाली ग्राहकले १ लाख नगद उपहार समेत जितिसकेको कम्पनी भनाइ छ ।

  :