माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

होेन्डा साइन किन्दा मुसलमानले जिते दश लाख




काठमाडौं– होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर अन्तर्गत कपिलवस्तुका इरफान अहमद मुसलमानले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

मुसलमानले भैरहवास्थित होन्डा शोरुम सिद्धि बिनायक अटो इन्टरनेसनलबाट सिबी साइन डिएसएस मोटरसाइकल खरिद गर्दा उक्त पुरस्कार जितेका हुन् ।

होन्डा नेपालले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत भाग्यशाली ग्राहकलाई १० लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत हालसम्म ६ जना भाग्यशाली ग्राहकले १ लाख नगद उपहार समेत जितिसकेको कम्पनी भनाइ छ ।

  :