२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा ग्रुपले कार पुरस्कार दिने




काठमाडौैं– यही मंसिर १५ गतेदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने भएको छ ।

शारडा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच यस सम्बन्धी सम्झौता हस्ताक्षर भएको छ । क्यानका सचिव पारस खड्का र शारडा ग्रुपका निर्देशक गौरव शारडाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म हुने छ ।

शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुयाउने विश्वास व्यक्त गरे । उनले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पु¥याउने समेत स्पष्ट पारे ।

  :