माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजक इभी ब्राण्ड दिपल




काठमाडौं– आगामी १० पुस (२५ डिसेम्बर) मा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजक इभी ब्राण्ड दिपल बन्ने भएको छ ।

दिपलले कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतीक्षित कन्सर्टको मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।

नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको उक्त कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्री पनि सहभागी थिए ।

कार्यक्रममा सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।

त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरसिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट इसेवामा उपलब्ध हुनेछ ।

  :