माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

चाँगुनारायण नगरपालिकाले मनायो नवौं स्थापना दिवस




काठमाडौं– चाँगुनारायण नगरपालिकाले नवौं स्थापना दिवस, बालमैत्री स्थानीय तह घोषणाको तेस्रो बार्षिकोत्सव तथा ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बृहत अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन गर्दै उत्कृष्ट नगर बन्ने गरि अगाडि बढ्न शुभकामना दिए ।

नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरलाई समुन्नत र समृद्ध बनाउन सबै एकजुट भएर लाग्नु पर्ने बताए ।नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक रहेको पनि प्रमुख खत्रीले बताए । खत्रीले उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै नगर विकासमा नगरपालिकाले काम गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रममा विभिन्न राजनीतिका प्रतिनिधिहरुले नगरपालिकाको स्थापना दिवसको शुभकामना दिएका थिए ।
कार्यक्रममा वडाध्यक्षहरु, नगर कार्यापालिकाका सदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

  :