मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

जेठ ७ देखि भृकुटीमण्डपमा टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला




काठमाडौं– टिभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।

यस विशेष मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी सजिलै घर लैजान सक्ने कम्पनीले जनाएको छ । मेलामा विभिन्न आकर्षक अफर र रमाइलो मनोरञ्जनका कार्यक्रमहरू पनि आयोजना गरिने छन् । कम्पनीका अनुसार

मेलाको सुरुमै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारी प्रि(बुकिङ गर्ने ग्राहकहरूले ५ हजाररुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म सुनिश्चित गरिएको छ भने ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिताले ग्राहकलाई सबैभन्दा उच्च मूल्याङ्कनको भरोसा दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्राहकहरूले ८ हजार रुपैयाँसम्म नगद छुट र १० हजार रुपैयाँसम्म थप मूल्याङ्कन पाउने मौका पाउनेछन् । साथै, शून्य प्रतिशत ब्याजदरमा पनि सवारी किन्न सकिने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार स्वरूप प्रदान गरिने छ ।

  :