७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिङ बन्द, ४८ स्टल रहने




काठमाडौं– मोबिलिटीमार्फत विकासलाई सशक्त बनाउँदै भन्ने मूल नाराका साथ नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा)को आयोजनामा आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बुकिङ बन्द भएको छ ।


एक्स्पोमा ४४ स्टल उपलब्ध रहेकोमा ४८ वटा स्टलका लागि आवेदन परेको थियो । सबै उद्योग सहभागीहरूलाई समेट्नका लागि अतिरिक्त स्टल स्थानहरू सिर्जना गर्नु परेको नाइमाले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाले विश्वास लिएको छ ।

एक्स्पोमा मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, फस्कवागेन र जीकर लगायतले स्टल वुक गराएको बताइएको छ ।

  :