काठमाडौं– पोखराको सृजनाचोकमा शुरु भएको ‘यामाहा ब्लू फेस्ट’ एक्सचेञ्ज मेला असार ६ गतेसम्म सञ्चालन हुने भएको छ ।
यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभएर, यो सवारी संस्कृतिको उत्सव पनि रहेको भन्दै मेलामा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्सचेन्च मेलामा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ । यसरी एक्सचेन्ज गर्दा ग्राहकले यामाहा बाइक र स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन पाउनेछन् भने अन्य ब्रान्डमा न्यूनतम २५ हजारको मूल्यांकन प्रदान गरिने जनाइएको छ ।









प्रतिक्रिया