मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

होन्डाको मोटरसाइकल र स्कुटर खरिद गर्दा २९ मिनेटमै कर्जा




काठमाडौं– नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरमा ३६ महिनासम्मको कर्जा अवधि भएको फाइनान्स अफर शुरु गरेको छ ।

कम्पनीले कुनै झन्झट बिनानै होन्डा इजी फाइनान्स सेवा मात्रै २९ मिनेटमै उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसमा स्याकार हायर पर्चेज फाइनान्सले सहज रुपमा ग्राहकका लागि ऋण सुबिधा प्रदान गर्ने र यसमा फाइनान्स कम्पनीले लिने सर्भिस चार्ज पनि नलाग्ने बताइएको छ ।

ग्राहकले फाइनान्समा होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ३६ महिनासम्मको कर्जा अवधि पाउने छन् । यस कर्जा अवधिमा कुनै एक मोडल छनोट गरी खरिद गर्दा ग्राहकले ४० प्रतिशत, ५० प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टको छनोट पाउने छन् ।

कम्पनीले १ प्रतिशत ब्याजदरमै मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ । १ प्रतिशत मात्रै ब्याजदर तिर्नेगरी साधन किन्नेले ६० प्रतिशत डाउन पेमेन्ट र १२ महिना भित्र बाँकी रकम किस्तामा तिर्नुपर्छ ।

यसका अलावा अन्य फाइनान्स सुबिधा पनि कम्पनीले ३६ महिना भित्र कर्जा चुक्त गर्ने सुविधा पनि ल्याएको छ । यस स्कीममा ४० प्रतिशत डाउन पेमेन्ट गर्दा १५ प्रतिशत ब्याज लाग्ने छ । ५० प्रतिशतमा १४।५० प्रतिशत र ६० मा १४ प्रतिशत मात्रै ब्याजदर लाग्छ । ग्राहकले आफुसँग भएको कुनै पनि पुराना दुई पाङग्रे साधनसँग होन्डाका जुनसुकै मोडल छानेर साटन पाउने पनि कम्पनीले जनाएको छ ।

  :