काठमाडौं– चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातको अहिले देशका विभिन्न भागमा सञ्चालनमा रहेका बसहरुले यात्रुहरुलाई सुविधा दिंदै आएको छ ।
सुन्दर यातायातका बिद्युतीय बसहरु अहिले काठमाडौं उपत्यकाका साथै उपत्यकाबाहिर पनि सञ्चालन भईरहेको छ । सुन्दर यातायातका बिद्युतीय बसहरु आधुनिक र सुविधासम्पन्न रहेका छन । बसमा तीन ‘एयर कन्डिसन, सात ‘सिसिटिभि’ रहेका छन । बसमा भाडा तिर्दा मोबाइलबाट समेत तिर्न सक्ने व्यवस्था रहेको छ ।
कम्पनीले आइपेड प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरु सबै सानाठूला सवारी साधनमा इपेमेन्ट गर्न सकिने स्मार्ट कार्ड प्रयोगमा ल्याएको हो ।

अहिले सञ्चालनमा रहेका बस क्षमता ४० र ३५ सिटका छन् । सुन्दर यातायातका बसहरु एक पटक पूरै चार्ज गर्न ६० देखि ८० मिनेटसम्म लाग्ने बताइएको छ ।
सरकारले विद्युतीय बसको प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।









प्रतिक्रिया