मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नेपाली बजारमा एथर रिस्ता इलेक्ट्रिक स्कुटर



काठमाडौं । एथर एनर्जीले आफ्नो नयाँ फ्यामिली स्कुटर ‘एथर रिस्ता’ नेपाली बजारमा सार्वजनिक गर्दै भोलि साउन २१ गतेदेखि काठमाडौंमा शुरु हुने नाइमा अटो एक्स्पोमा आकर्षक अफरहरूसहित मूल्य घोषणा गर्ने र बिक्री सुरु गर्ने भएको छ ।

कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रमका बीच यो स्कुटरको प्रि लन्च गरेको हो । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले ल्याएको ‘रिस्ता’ विशेषगरी पारिवारिक प्रयोजनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । नेपालमा सार्वजनिक गरिएको एथर रिस्ता ३.७ किलोवाट आवर ब्याट्री क्षमताको ‘जेड’ भेरियन्ट हो । कम्पनीका ओभरअल बिजनेस हेड प्रदिप अधिकारीका अनुसार यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिन्छ ।

एथर रिस्तामा अन्य एथर स्कुटरहरूमा जस्तै अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा स्मार्ट न्याभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफ जस्ता सेफ्टी फिचरहरू छन् ।


कम्पनीले रिस्ताको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । साथै मोटर र अन्य पार्टपुर्जामा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ ।

  :