काठमाडौं– नेपालकै सबैभन्दा ठूलो अटो र मोबिलिटी प्रदर्शनी नाइमा २०२५ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडाँैको भृकुटीमण्डपमा शुरु भएको छ । पाँच दिनसम्म चल्ने यो एक्सपोमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानिय ब्रान्डहरूको सहभागितामा सम्पन्न हुनेछ, जहाँ विद्युतीय सवारी, हाइब्रिड, र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिएको छ ।
यसै एक्सपोमा, टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गर्दैछ। टिभिएसको स्टल एल३ए (हल बि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर सवारीहरु रहनेछन।् साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्युचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरिएको छ ।
टिभिएसको स्टलमा आउने सबैलाई रमाइलो अनुभव मिल्नेछ, दैनिक लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौका, रेजिस्टे«सन गर्ने हरेक दिन सहभागीहरूलाई टिभिएस प्रिमियम हेल्मेट, र अन्ततः ग्राहकहरूको विश्वास जित्ने सबै टिभिएस प्रडक्तहरूमा लाइफटाइम वारेन्टी जस्ता विशेष योजनाहरू यस वर्षको मुख्य आकर्षण रहेका छन् ।
नाइमा २०२५ ले नेपालको अटो इतिहासमै सबैभन्दा ठूलो इभेन्टको रूपमा पहिचान बनाउने अपेक्षा गरिएको छ। नयाँ पुस्ताका मोटरसाइकलहरूको अनुभव लिनका लागि टिभिएस स्टल एल३ए(हल बि) मा अवश्य जानुहोस ।









प्रतिक्रिया