७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न



काठमाडौं । यही साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न भएको छ ।

नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको उक्त एक्सपोमा सहभागी चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको हो । जसमध्ये २६ वटा स्टल चारपांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुईपांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको नाइमाले जनाएको छ ।

स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्सपोलाई केवल प्रदर्शनीमा सीमित नराखी आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको बताईन् ।

उनले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भएपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध आइरहेको र उपलब्ध स्थान तथा सम्भावनाका आधारमा ती अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने पनि बताईन् ।

  :