काठमाडौं । महालक्ष्मी नगरपालिका वडा नं. ५, टिकाथलीमा आज ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।
सो अवसरमा प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरिगोविन्द श्रेष्ठले सामाजिक सुरक्षाका सवालमा महालक्ष्मी नगरपालिकाले धेरै कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिंदै सामाजिक सुरक्षा, बाआमा स्वास्थ्य कार्यक्रम लगायत नगरपालिकाका सफल कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको पनि बताउनुुभयो ।

महालक्ष्मी नगरपालिकाले वडास्तरमा ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्त व्यक्तिहरूलाई सम्मान गर्ने र घरघरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।









प्रतिक्रिया