९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

प्रोटोन ई–मास ५ को बुकिङ खुला, विशेष योजना सार्वजनिक



काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन ई–मास ५ को बुकिङ खुला गर्दै ‘गेस एन्ड बुक द अल न्यु ई–मास ५ एट योर प्राइस’नामक विशेष योजना समेत सुरू गरेको छ ।

कम्पनीले रू. १ लाख बुकिङ रकम तोकेर प्रोटोन ई–मास ५ को बुकिङ खुला गरेको हो । कम्पनीका अनुसार ग्राहकहरूले बैंक अथवा अनलाइन मार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाई आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन् अथवा सोही साइटमा गएर भौचर अप्लोड गरि बुक गर्न सक्ने छन्। सो साइटमा गएर बुकिङ गरेका ग्राहकको बुकिङलाई आधार मानेर लक्की ग्राहक छानिने छन्।

यस्तै योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन ई–मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइटमा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन् । मूल्य अनुमानका लागि ‘ई–मास ५ प्राइम’ भेरियन्टको दायरा रू. २९.९९ लाख देखि रू. ३४.९९ लाख सम्म तोकिएको छ भने ‘प्रिमियम’ भेरियन्टको दायरा रू ३४.९९ लाख देखि रू। ३९.९९ लाख सम्म निर्धारण गरिएको छ ।

कम्पनीले उल्लेख गरे अनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्टबाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिनेछ । विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन ई–मास ५ खरिद गर्न पाउनेछन् ।

प्रोटोन र जिलीको सहकार्यमा विकास र उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भेइकल अफ द इयर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर २०२६’ को उपाधि हासिल गरेको थियो ।

  :