काठमाडौं । नेपालका लागि म्याक्सस ब्रान्डका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रालिले नयाँ शक्तिशाली र प्रिमियम इलेक्ट्रिक फोर–हिवल ड्राइभ पिकअप म्याक्सस ई–टेरोन ९ कम्फर्ट नेपाली बजारमा ल्याएको छ । कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य पहिलो ८८ जना ग्राहकका लागि मात्र लागू हुने गरी ८८ लाख रुपैयाँ तोकेको छ।
कम्पनीका अनुसार शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको म्याक्सस ई–टेरोन ९ कम्फर्ट दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त छ।
गाडीमा १०२।२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपालकै सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक हो। जसले एकपटक फुल चार्ज गर्दा एनईडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसले ११५ किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
ई–टेरोन ९ कम्फर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन् । यसले कुल ७०० एनएम टर्क उत्पादन गर्छ। गाडीले केवल ५।८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।









प्रतिक्रिया