काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्ने भएको छ।
भदौ ४ देखि ७ भदौसम्म चल्ने यस कार्निभलमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च ईभी र नयाँ टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ ।
योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्राप्त गर्नेछन् । कार्निभलमा टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान सुविधा पाउने छन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो।







प्रतिक्रिया