२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार सहयोग




काठमाडौं । सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५५ लाख ५५ हजार ५५५ जम्मा गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५ औं कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नगरपालिका प्रमुख थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताए ।

राहत कोषका लागि नगर प्रमुखको तर्फबाट रु. ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार, वडाअध्यक्षहरुको तर्फबाट प्रति व्यक्ति रु. १० हजारका दरले रु. १ लाख, कार्यपालिका सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. ६ हजार, वडा सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. दुई हजार ५०० का दरले राहत रकम राज्य कोषमा पठाउने निर्णय गरेको छ । नगर प्रमुख थापाको एक महिनाको सेवा सुविधा वापत प्राप्त हुने रकम कोषमा प्रदान गरिएको हो ।

  :