काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले रसुवाको भोटेकोशी बाढी प्रभावितहरुको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नाइमाको पूर्व निर्णय अनुसार ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यसहितको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो । वैद्यको नेतृत्वमा रहेको टोलीमा बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, नाइमा प्रिन्सिपल मेम्बर साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठ, नाइमा कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमा डिजिटल एजेन्सी – डिजिपलका उत्सव कार्की सहभागी थिए ।
नाइमा अध्यक्ष वैद्यले नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गरिन् । उनले संकट र विपद्का समयमा नाइमा सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता समेत व्यक्त गरिन ।







प्रतिक्रिया