४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

गुडिरहेको बिद्युतीय कारमा आगलागी, १ जनाको मृत्यु



काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा गुडिरहेकोको बिद्युतीय कारमा आज बिहान आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।

जीएसी एवोन वाई ईभीमा अचानक आगलागी हुँदा गाडीभित्र सवार एक जनाको जलेर मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०१–०३० च ५५७९ नम्बरको कारमा आज बिहान करिब ६ः०० बजे आगलागी भएको हो ।

प्रहरी र दमकल टोलीले आगो नियन्त्रणमा लिए पनि गाडीभित्र नाम र ठेगाना नखुलेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

आगलागीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । गुडिरहेको कारमा के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन । घटना बारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

  :