काठमाडौं । नेपालमा चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रालिको चितवनको लागि आधिकारिक डिलर राजहंस अटोमोबाइलले नयाँ निभो क्यू०५ लाई यसै साता चितवनमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीका अनुसार ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म दिपल चितवन शोरुममा निभो क्यू०५ को विशेष टेस्ट ड्राइभमार्फत गाडीलाई प्रत्यक्ष अनुभव गर्न सक्ने छन् । निभो क्यू०५ ले नेपालमा विद्युतीय एसयूभी अनुभवलाई नयाँ उचाइमा पु¥याउने कम्पनीले लक्ष्य राखेको छ ।
नयाँ निभो क्यू०५ ले सहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक क्याबिन प्रदान गर्छ । आकर्षक डिजाइन क्यू०५ को अर्को प्रमुख विशेषता हो। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चांगानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको पनि कम्पनीले जनाएको छ । यसको डिजाइनले अन्तर्राष्ट्रियस्तरमा समेत ‘गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरिसकेको छ।
निभो क्यू०५ मा ५१.९ किलोवाट आवरको सीएटीएल लिथियम–आइरन–फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसलाई चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ किलोवाट डीसी चार्जिङ क्षमता प्रदान गर्न सक्छ। निभो क्यू०५ ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको पनि कम्पनीको दावी छ ।







प्रतिक्रिया