५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

टाटाका कमर्सियल सवारी साधनका लागि अब बिहान ९ देखि राती ९ बजेसम्म सेवा



काठमाडौं । ग्राहकहरुलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटो वर्क्सले टाटा मोटर्सका कमर्सियल सवारीसाधनका लागि आफ्नो सेवा समय विस्तार गर्दै अब अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको छ। यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा दिंदै आएको थियो ।


नयाँ व्यवस्थासँगै दिनभर सवारी सञ्चालन गर्ने ग्राहकले समेत साँझको समयमा आफ्नो सवारीको आवश्यक मर्मत तथा सर्भिस गराउन सक्नेछन्। ग्राहकको समय र सञ्चालन आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको जनाइएको छ।

जाल्पादेवी अटो वर्क्समा टाटा कमर्सियल भेइकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिक, छिटो तथा भरपर्दो सेवा तथा उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध गराइनेछ।

सेवा विस्तारले विशेषगरी यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गर्न थप सुविधा पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।

  :