५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

अब ४ लाख ३० हजार डाउनपेमेन्टमा नै नयाँ टियागो ईभी




काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरेको छ । यो अवधिमा ग्राहकहरुले ४Þ लाख ३० हजार डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने पनि कम्पनीले जनाएको छ ।


सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने यस कार्यक्रमले ग्राहकलाई आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड हुने अवसरसँगै विभिन्न आकर्षक सुविधा र उपहार प्रदान गर्नु भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो कार्यक्रमको मुख्य सन्देश नै एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट रहेको छ ।

यस अन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने ग्राहकले हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एभर एक्सचेन्ज भ्यालुएसनको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउने कम्पनीको भनाई छ ।

ग्राहकलाई थप सुविधा दिने उद्देश्यले यस अवधिभर गाडी खरिद गर्ने ग्राहकहरुको लागि निःशुल्क एसेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसन जस्ता सुविधा पनि समावेश गरिएको छ । यसले ग्राहकलाई गाडीको मूल्यसँगै खरिदपछिका आवश्यक सुविधामा समेत थप लाभ दिने पनि कम्पनीले जनाएको छ ।

यस अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सको आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो ईभीका बारेमा जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन् ।

  :