२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

८ बर्षमा एथरले पार गर्यो ८ लाख बिक्रीको माइलस्टोन



काठमाडौं । सन् २०१८ देखि बजारमा प्रवेश गरेको एथरले ८ लाख युनिट खुद्रा बिक्रीको माइलस्टोन पार गरेको छ ।

सन् २०२५ देखि कम्पनीको बिक्री तीव्र बढेको हो । जनवरी २०२५ देखि सेप्टेम्बर २०२६ को छोटो अवधिमा मात्रै ४ लाख ७५ हजार युनिट बिक्री भएको छ, जुन कम्पनीको अहिलेसम्मको कुल बिक्रीको ५९ प्रतिशत हिस्सा भएको पनि कम्पनीले जनाएको छ ।

सन् २०२३ मा १ लाख युनिटको खुद्रा बिक्री पार गरेको एथरले सन् २०२४ मा १ लाख ३६ हजार युनिट स्कुटर बिक्री गरेको थियो । त्यसैगरी, मार्च २०२६ मा ३६ हजार ६३३ युनिट बिक्री गर्दै कम्पनीले आफ्नो इतिहासमै सबैभन्दा बढी मासिक बिक्रीको रेकर्ड समेत बनाएको थियो ।

एथरको पारिवारिक स्कुटर रिज्टा र हालै सार्वजनिक गरिएको नयाँ कोनार्क मोडलका कारण आगामी दिनमा बिक्रीको गति अझै बढ्ने अनुमान गरिएको छ ।

  :