काठमाडौं । जापानमा सम्पन्न २० औं एसियाली खेलकूदमा कराँतेतर्फ नेपालका लागि कांस्य पदक जित्न सफल गोकर्णेश्वर नगरपालिका निवासी तेञ्जिङ शेर्पालाई नगरपालिकाले १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा नगरपालिकाका मेयर दिपक रिसालले शेर्पालाई उनको ऐतिहासिक उपलब्धिका लागि बधाई दिँदै शेर्पाले देश र नगरपालिकाको नाम उँचो बनाएको बताउनुभयो । मेयर रिसालले खेलाडीहरुको हौसला बढाउनुका साथै नगरभित्रका अन्य अन्य खेलाडीहरुलाई पनि खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले नगद पुरस्कार र सम्मान गरिएको स्पष्ट पार्नुभयो ।
यस प्रकारको प्रोत्साहनले खेलाडीहरूको मनोबल बढाउन र खेल क्षेत्रको विकासमा थप टेवा पुग्ने मेयर रिसालले विश्वास व्यक्त गर्नुभयो ।
शेर्पाले कास्य पदक जितेर २०औं एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका थिए ।







प्रतिक्रिया